आखिर किन दिल्लीका केटाहरुले शाहरुख खानलाई कुटेका थिए



पोखरा

बलिउडका सुपरस्टार शाहरुख खानको संसारभरी फ्यान फओविङ धेरै नै छन् । यद्यपि, के तपाईंलाई थाहा छ कि एकपटक दिल्लीका केटाहरुले शाहरुख खानलाई कुटेका थिए । एउटी युवतीलाई आफ्नी प्रेमिका भनेकोमा शाहरुख खानले कुटाइ खाएका थिए ।

युवतीलाई भनिदिए प्रेमिकाः

शाहरुख खानले कपिल शर्माको च्याट शोमा यसबारे जानकारी दिएका छन् । उनले भनेका थिए, ‘एकपटक म एक युवतीलाई डेट गरिरहेको थिएँ, त्यति नै बेला ती युवतीलाई आफ्नी प्रेमिका भन्दा केही केटाहरुले मलाई कुटेका थिए । केटाहरुले ती युवती मेरी प्रेमिका नभई मेरी भाउजु भएको बताउँदै मलाई कुटेका थिए ।’

अब गौरीलाई भाउजु भन्छन् शाहरुखः

शाहरुख खानले घटनाबारे कुरा गर्दै उनी आज पनि आफ्नी श्रीमतीसँग दिल्ली जाँदा उनलाई भाउजु भन्ने गरेको बताए । दिल्ली जाँदा कसैले गौरीबारे सोध्दा उनी उनको परिचय भाउजुको रुपमा दिन्छन् ।

शाहरुख खानको फिल्मः

वर्कफ्रन्टको कुरा गर्ने हो भने शाहरुख खान अन्तिम पटक निर्देशक आनन्द एल रायको फिल्म ‘जिरो’ मा कट्रिना कैफ र अनुष्का शर्मासँग देखिएका थिए । शाहरुख खान अब निर्देशक राजकुमार हिरानीको फिल्ममा दखिने बताइएको छ । यद्यपि, अहिले नै यसको आधिकारिक घोषणा भने भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja