उपभोग्य वस्तुमा नयाँ मिति प्रकरणमा थप दुई जना पक्राउ



पोखरा

म्याद सकिएका चकलेट र बिस्कुटमा नयाँ मिति राखेर बजारमा पठाउने समूहमा संलग्न थप दुई जना पक्राउ परेका छन् ।

कलंकीस्थित आयन डिष्टब्युट्ररबाट पक्राउ परेकाको बयानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए ।

‘पक्राउ परेकाहरु कलंकीस्थित आयन र बाफलको अमेजन डिष्टिब्युटरसँग संलग्न रहेको पाइए पनि अनुसन्धानकै चरणमा रहेकाले सबै कुरा खोल्न मिल्दैन,’ आचार्यले भने ।

पक्राउ परेकाहरुलाई प्रहरीको हिरासतमा पठाइएको र थप अनुसन्धान भईरहेको विभागले जनाएको छ । म्याद गुजि्रएको वस्तुमा नयाँ लेवल लगाएको अभियोगमा हालसम्म अनुसन्धानकालागि १३ जनालाई थुनामा पठाइएको निर्देशक आचार्यले बताए ।

गत असोज १५ गते स्नेकर्स चकलेट, ओरिओ बिस्कुट, पौष्टिक तत्वको रुपमा प्रयोग हुने हर्लिक्स, बनभिटा तथा ट्याङ जुस, बण्टी चकलेट र यूनिलिभरले उत्पादन गर्ने सबै कस्मेटिक समानमा नयाँ उपभोग्य मिति राखिएको फेला परेको थियो ।

तीन वटा घरको हरेक कोठादेखि बाथरुममासमेत म्याद सकिएको वस्तु पुनः म्याद टाँस्न राख्ने गरेको भेटिए पछि वाणिज्य विभागले गोदाम सिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja