१३ अक्टोबरमा एप्पलको नयाँ आइफोन



पोखरा

नयाँ आइफोनको पर्खाइमा रहेका एप्पलका फ्यानहरुका लागि खुसीको खबर छ । एप्पलले आउँदो मंगलबार आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

आगामी अक्टोबर १३ मा आयोजना हुने एक समारोहका लागि एप्पलले मंगलबार निम्तो पठाएको छ । उक्त निम्तोलाई एप्पलले हाइ स्पिड निमन्त्रणा भनेको छ ।

अक्टोबर १३ मा एप्पलले आफ्नो आइफोनको नयाँ संस्करण आइफोन–१२ सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । आइफोन–१२ फाइभ जी कनेक्टिभिटी भएको एप्पलको पहिलो आइफोन हुनेछ ।

फाइभ जी कनेक्टिभिटीका कारण आइफोन–१२ ले बजारमा तहल्का पिट्ने र प्रयोगकर्ताहरुको पहिलो रोजाइमा पर्ने विश्लेषण विज्ञहरुले गरेका छन् ।

एप्पलले सामान्यतयाः हरेक वर्ष सेप्टेम्बर महिनामा आफ्नो आइफोनको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको थियो । तर यस वर्ष गत सेप्टेम्बरमा आयोजित समारोहमा एप्पलले अन्य ग्याजेट सार्वजनिक गरे तापनि आइफोन ल्याएन ।

सेप्टेम्बरमा एप्पलले आफ्नो नयाँ आइप्याड तथा एप्पल वाच लगायतका प्रडक्टहरु सार्वजनिक गरेको थियो ।

कोरोना भाइरस महामारीका कारण उत्पादन तथा आपूर्ति सञ्जालमा अवरोध भएका कारण एप्पलले गत महिना आइफोन–१२ सार्वजनिक नगरेको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja