बझाङ घटनाबारे बुझ्न संसदीय समितिले बोलायो गृहमन्त्री



पोखरा

बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनाबारे बुझ्न संसदीय समितिले गृहमन्त्री रामबहादुर थापालाई बोलाएको छ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री थापालाई छलफलका लागि बुधबार बोलाएको हो। बुधबारको बैठकमा गृहमन्त्री थापासँग बझाङ घटनाबारे छलफल गरिन लागेको समिति सभापति शही श्रेष्ठले बताइन्।

१२ वर्षीया बालिकाको असोज ७ गते बलात्कारपछि हत्या गरिएको थियो। उनको शव अझै पनि जिल्ला अस्पतालमै रहेको छ। दोषीलाई कारबाहीको माग गर्दै परिवारजनले शव बुझ्न मानेका छैनन्।

आजको बैठकमा समितिका सदस्यहरुले त्यस विषयमा पनि छलफल भएको थियो। यसबारे विस्तृत रुपमा छलफल गर्नुपर्ने भएपछि बुधबार गहृमन्त्री थापालाई बोलाइएको हो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja