विधानसम्मत महाधिवेशन गर्न माग गर्दै देउवालाई ज्ञापनपत्र



पोखरा

पार्टीको महाविधेशन विधानसम्मत गर्न माग गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवालाई विरोधपत्र बुझाएका छन् ।

सभापति देउवाको कार्यशैलीसँग असन्तुष्ट पार्टीका वरिष्ठ नेता पौडेलसहितका र केही पदाधिकारी र केन्द्रीय सदस्यहसहित २७ जनाले मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् २७ विरोध पत्र दर्ता गरेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगाएतका नेताहरुले विरोधपत्र दर्ता गरेका हुन् ।

विरोधपत्रमा आगामी १९ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमार्फत् आफूहरूका माग समाधान नभए संघर्षका कार्यक्रम गर्न बाध्य हुने उल्लेख गरिएको छ ।

पार्टीको विभागदेखि भातृ संस्थाका म्याद थप गर्नु गल्ती भएको औल्याउँदै सबै विभाग र म्याद थपिएका सबै भातृ संगठनको खारेजी गर्न माग समेत गरेका छन् । महाविधेशनको मुखैमा विभागहरु गठन गरेर महाविधेशन प्रभावित पार्न खोजेको आरोप उनीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja