२२ प्रतिशतले घट्याे आयात, निर्यातमा सामान्य वृद्धि



पोखरा

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामै वस्तु आयातमा उच्च गिरावट देखिएको छ । भन्सार विभागका अनुसार भदौ महिनामा अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा २२.०७ प्रतिशतले आयात घटेको छ ।

त्यसो त अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा समेत आयात भने पहिलो महिनाबाटै ओरालो लागेको थियो । आयातमा उच्च गिरावट र निर्यातमा सामान्य वृद्धि देखिँदा यो दुई महिनामा वैदेशिक व्यापार घाटामा समेत उच्च गिरावट आएको तथ्यांकले देखाएको छ ।

साउन र भदौ महिनामा कुल वस्तू आयात १ खर्ब ७८ अर्ब ८४ करोड बराबरको भएको छ । अघिल्लो आवको दुई महिनामा वस्तु आयात २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ हाराहारीको थियो । यो अवधिमा वस्तु निर्यात भने २० अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको भएको छ ।

अघिल्लो वर्ष यसै अवधिमा निर्यात १८ अर्ब ५० करोड रुपैयाँको भएको थियो । यो वर्ष वस्तु निर्यात १०.४९ प्रतिशतले बढेको छ । सोहीकारण वैदेशिक व्यापार घाटामा कुल २४.९३ प्रतिशतको गिरावट आएको हो ।

यो वर्ष दुई महिनामा व्यापार घाटा १ खर्ब ५८ अर्ब ४० करोड रुपैयाँ बराबरको रहेको छ । अघिल्लो आवमा व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँको थियो । आयातमा भएको गिरावटले कुल वैदेशिक व्यापारको आकार समेत खुम्चिएको छ ।

दुई महिनामा कुल १ खर्ब ९९ अर्ब २८ करोडको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवको दुई महिनामा कुल वैदेशिक व्यापार २ खर्ब ४८ अर्ब रहेको थियो । यो वर्ष कुल आकार नै १९.६४ प्रतिशतले घटेको छ ।

दुई महिनाको तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.२६ प्रतिशत र आयातको हिस्सा ८९.७४ प्रतिशत रहेको छ । यो वर्ष निर्यातको हिस्सामा ३७.५० प्रतिशत सुधार भएको छ ।

यस्तो रह्यो दुई महिनाको वैदेशिक व्यापार

आयात : १ खर्ब ७८ अर्ब ८० करोड (२२.०७ प्रतिशत गिरावट)

निर्यात : २० अर्ब ४४ करोड (१०.४९ प्रतिशत वृद्धि)

व्यापार घाटा : १ खर्ब ५८ अर्ब ४० करोड (२४.९३ प्रतिशत गिरावट)

कुल वैदेशिक व्यापार : १ खर्ब ९९ अर्ब २८ करोड (१९.६४ प्रतिशत गिरावट)

वैदेशिक व्यापारमा आयातको हिस्सा : ८९.७४ (३.०२ प्रतिशत गिरावट)

वैदेशिक व्यापारमा निर्यातको हिस्सा : १०.२६ (३७.५० प्रतिशत वृद्धि)

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja