कालीमाटी र बल्खु तरकारी बजारमा आपूर्तिमन्त्रीको छड्के



पोखरा

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमन गरेका छन् । प्याजको मूल्यमा चर्को कालाबजारी भएको गुनासो उपभोक्ताले गरेपछि बुधबार बिहान छड्के अनुगमन गरिएको मन्त्री भट्टको स्वकीय सचिव हितेश ओझाले अनलाइनखबरलाई बताए ।

नचिनिने गरी बजार पुगेका मन्त्री भट्टले बल्खुका ७ वटा पसलमा प्याजको मूल्य अनुगमन गरेका थिए । ति पसलहरुमा अघिल्लो दिनसम्म ७५ रुपैयाँ बेचिएको प्याज एक सय १० रुपैयाँमा बिक्री भइरहेको पाइएको ओझाले बताए ।

‘केही पसलेले अनुगमन टोललाई प्याज नभएको बताएको तर चिनेका मान्छेलाई भने महँगो मूल्यमा प्याज बिक्रि गरेको पाइयो,’ ओझाले भने ।

प्याज लुकाएको, बढी मूल्यमा बिक्री गरेको जस्ता कैफियत पाइएपछि ७ वटा पसल सिल गरिएको र आवश्याक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको छ ।

यस्तै प्याज लुकाउन प्रयोग भएको एउटा पिक-अप भ्यानलाई नियन्त्रणमा लिइएकोे सचिवलयले जनाएको छ ।

बजारमा प्याजको मूल्यमा मनपरी भएको पाइएपछि अनुगमनका लागि वाणिज्य विभागलाई सकि्रय पारिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja