म्याग्दीका ४७ दिनका बालक थपिएपछि गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो



पोखरा

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या -८ पुगेको छ ।

कोरोनाबाट मृत्यु भएका म्याग्दीका ४७ दिनका बालक थपिएपछि गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको हो ।

गत असार १७  गते उपचारको क्रममा कोरोनाका कारण काठमाण्डौमा मृत्यु भएका म्याग्दी धौलागिरी गाउँपालिका-४ का बालकलाई स्वास्थ्य मन्त्रालयले गण्डकी प्रदेशको  तथ्यांकमा समावेश गरेको भन्दै स्वास्थ्य निर्देशनालय गण्डकीले प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ रहेको जनाएको हो ।

स्वास्थ्य निर्देशनालयले  सोमबार दिउसो एक विज्ञप्ति जारी गरी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या अपडेट गराएको हो। गण्डकी प्रदेशमा कोरोनाबाट कास्की र स्याङजाका २ – २ जना तथा तनहुँ, गोरखा, बागलुङ र म्याग्दीका १-१ जनाले ज्यान गुमाएका छन् ।

निर्देशनालयले  सोमबार दिउसो  पोखराकी थप एक महिलामा सहित  गण्डकीमा २ संक्रमित थपिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja