सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



पोखरा

नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा तोलामा चार सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम गरेको छ । गत शुक्रबार ९८ हजार ८ सयमा छापावाल सुनको कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलाको ९८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले गिरावट आएको छ । गत शुक्रबार तोलाको १३ सय ७० मा कारोबार भएको चाँदी आइतबार तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja