बढ्यो सुनको भाउ



पोखरा

साताको अन्तिम दिन सुनको भाउ पुनः बढेको छ । बिहीबारको तुलनामा तोलामा  आठ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि बढोत्तरी भएर प्रतितोला  १३ सय ५५ रुपैयाँ मूल्य तोकिएको छ ।

आइतबारदेखि नै निरन्तर घटिरहेको सुनको भाउ बुधबार एकैदिन  ६ हजार दुई सय रुपैयाँले घटेको थियो । तर, बिहीबार पुनः दुई हजार चार सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको हो ।

गत साउन २३ गते सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च एक लाख तीन हजार पाँच सय रुपैयाँ कायम भएको थियो । रसियाले कोभिड १९ विरुद्धको खोप निर्माण गरेको घोषणापछि  सुनमा लगानी गर्नबाट टाढीका लगानीकर्ता विश्व स्वस्थ्य संगठनबाट खोपले स्वीकृत नपाएपछि पुनः सुनमै लगानी गर्न हौसिएको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja