आज पनि घट्यो सुनको मूल्य १ लाख १ हजार ६ सय पुग्यो



पोखरा

लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबारयता भने घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन ८ सयले घटेको छ । सुन आज १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको छ । ।

तोलामा ८ सय घट्यो सुनको मूल्य

साताको पहिलो दिन आइतबार सुन ९ सयले घटेको थियो । सोमबार २ सयले घट्दै सुन प्रतितोला १ लाख २ हजार ४०० मा कारोबार भएको थियो ।

गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने ४० रुपैयाँ बढेको छ ।

चाँदीको आजको मूल्य प्रतितोला १ हजार ४३५ रुपैयाँ कायम गरिएको छ । यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख १ हजार १०० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja