नेकपाका तीनवटै गुटका सांसद्हरूको आज संयुक्त पत्रकार सम्मेलन



पोखरा

पार्टी विभाजको संघारमा पुगेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका तीनवटै गुट (ओली-दाहाल-नेपाल)का सांसदहरुले आज संयुक्त पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

पार्टी एकता जोगाउन नेतृत्वलाई दबाब दिने उदेश्यले उक्त पत्रकार सम्मेलनसँगै एकताका पक्षमा रहेका सांसद्हरूको हस्ताक्षरसमेत सार्वजनिक गर्ने र नेतृत्वलाई बुझाउने तयारी भएको ओलीनिकट सांसद् विशाल भट्टराईले जानकारी दिए ।

पार्टीमा विभाजनको खतरा बढेपछि तीनवटै गुटका सांसदहरुले एकताका पक्षमा हस्ताक्षर संकलन गरेका थिए। ७० जना सांसदहरुले पार्टी एकताका पक्षमा गरेको हस्ताक्षर दिउँसो दुई बजे नेकपाको संसदीय दलको कार्यालयमा हुने पत्रकार सम्मेलनमा सार्वजनिक भट्टराईले बताए । प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन्। यस्तै राष्ट्रियसभामा नेकपाका ५० सांसद रहेका छन् ।

प्रधानमन्त्री एवं पार्टीको एक नम्बर अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उनीइतरको समूहले उठाएपछि नेकपामा विवाद चर्केको छ । विवादकै कारण नेकपाको असार १० मा सुरू भएको स्थायी कमिटी बैठक भाँडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja