१६ दिनदेखि पोखरा विश्वविद्यालयमा नेविसंघको अनसन



पोखरा

विभिन्न माग राखि नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी पोखरा विश्वविद्यालयमा १६ दिनदेखि रेले अनसन बसेका छन् ।

विश्विवद्यालयकमा उपकुलपति र रजिष्ट्रार नियुक्ति लगायत माग राखेर नेविसंघ पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसका सभापति फिरोज सुबेदीको अगुवाइमा विद्यार्थी रिले अनसन बसेका छन् ।

विद्यार्थी अनसन बसेको १६ दिन बितिसक्दा पनि कुनै वास्ता नगरेको नेविसंघले जनाएको छ । पदाधिकारी नियुक्त नहुँदा विश्वविद्यालयका हजारौं विद्यार्थी अन्योलमा परेकोले सरकारको समेत नेविसंघले ध्यानाकर्षण गराइसकेको छ ।

विश्वविद्यालयको शैक्षिक गतिविधि प्रभावित भएको भन्दै विद्यार्थीका माग सम्बोधन गर्न अनसनरत विद्यार्थी र नेविसंघ केन्द्रीय समितिले शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराइसकेको सङ्घका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

यतिका समय बितिसक्दा पनि विद्यार्थीका जायज माग सम्बोधन नगरेर सरकारले उदाशिनता देखाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja