च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै, रियल र युभेन्ट्स दबाबमा



पोखरा

 कोरोना भाइरस महामारीका कारण स्थगित भएको युरोपियन च्याम्पियन्स लिगका खेल आज राती देखि शुरु हुँदैछ । युरोपको परतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज अन्तिम १६ अन्तर्गत दोस्रो लेगको दुई खेल हुँदैछ ।

इंग्ल्स क्लब म्यानचेष्टर सिटीले घरेलु मैदान एतिहाड स्टेडियममा स्पानिस जायन्ट रियल मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । यस्तै इटालियन च्याम्पियन्स युभेन्ट्सले घरेलु मैदानमा फ्रेन्च क्लब लियोनलाई निम्त्याउनेछ ।

दुवै खेल नेपाली समय अनुसार राती १२:४५ मा शुरु हुनेछ । ठूला क्लब भएपनि रियल र युभेन्ट्स आजको खेलअघि दबाबमा हुनेछ । यद्यपी दुवै क्लबले आफ्नो देशको लिग भने जितेका छन् । तर अन्तिम १६ को पहिलो लेगमा रियल र युभेन्ट्स दुवै पराजित भएका थिए ।

रियलले पहिलो लेग घरेलु मेदानमा सिटीसंग २-१ ले गुमाएको थियो । त्यसैले अन्तिम ८ मा पुग्न सर्वाधिक १३ पटकको च्याम्पियन रियललाई स्पष्ट जितको खाँचो छ । पहिलो लेगमा जित हात पारेको सिटी भने घरेलु मैदानमा हार टारे मात्र क्वाटरफाइनल पुग्नेछ । त्यसैले पेप ग्वार्डिओलाको सिटी र जिनेदिन जिदानको रियलबीचको खेल प्रतिक्षित बनेको छ ।

रियलको जस्तै अवस्था छ युभेन्ट्सको । पहिलो लेगमा लियोनको मैदानमा १-० ले पराजित भएपछि युभेन्ट्सलाई क्वाटरफानल पुग्न दोस्रो लेग जित्नैपर्ने दबाब छ । घरेलु मैदानको फाइदा भएपनि दर्शक बिना नै युभेन्टसले खेल्नुपर्नेछ । त्यसैले यो खेलको पनि प्रतिक्षा गरिएको छ ।

यस्तै अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शनिवार बार्सिलोनाले नापोली र बायर्न म्युनिखले चेल्सीसंग खेल्नेछ । पहिलो खेलमा बार्सिलोना र नापोलीले १-१ को बराबरी खेलेका थिए भने बायर्नले चेल्सीलाई ३-० ले पराजित गरेको थियो ।

यसअघि नै एट्लेटिको मड्रिड, पेरिस सेन्ट जर्मन, आरबी लाइपजिग र एटलान्टा भने क्वाटरफाइनल पुगिसकेका छन् । साविक विजेता तथा ६ पटकको च्याम्पियन लिभरपुल भने अन्तिम १६ बाटै बाहिरिसकेको छ ।

कोरोना महामारीले प्रभावित बनेपछि यस सिजन च्याम्पियन्स लिगमा क्वाटरफाइनल देखिका खेलहरु नकआउट शैलीमा हुनेछ । क्वाटरफाइनल देखिका खेलहरु पोर्चुगलको लिस्वनमा सिंगल लेगका आधारमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja