वीरगञ्जमा एकैपटक १४२ जनामा कोरोना संक्रमण पुष्टि



पोखरा

 वीरगञ्जमा सेना, प्रहरी, चिकित्सकसहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

एकैपटक यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको पर्सामा पहिलोपटक हो । संक्रमित मध्ये २२ जना महिला छन् भने रौतहट र बाराका ४/४ जना रहेका छन् ।

बिहीबार गण्डक कोरोना अस्पतालमा मृत्यु भएका वीरगञ्ज-११ का ५७ वर्षीय पुरुष र घरमै मृत्यु भएका ७९ वर्षीय वृद्ध पनि यो संख्यामा समावेश छन् ।

त्यसबाहेक नेपाली सेनाका ५ जना, ४५ जना प्रहरी, नारायणी बयोधा अस्पतालका ५ जना चिकित्सकसहित १५ जना, वीरगञ्ज-२५ सिर्सिया क्षेत्रमा ३९ जनालगायतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका ७२ वर्षीय वृद्ध, ६८ वर्षीया वृद्धा, २१ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

वीरगञ्ज महानगरपालिकाका ३३ वर्षीय कर्मचारीमा पनि कोरोना देखिएको छ । यसअघि वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत सहित १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

५ दिनदेखि ज्वरो आएर शंकास्पद संक्रमितको रुपमा कोरोना विषेश अस्पताल गण्डकमा भर्ना भएका बाराको कलैया उपमहानगरपालिका-१ का ३७ वर्षीय पुरुष, ज्वरो टाउको दुख्ने र कमजोरीको समस्या लिएर नेशनल मेडिकल कलेजमा भर्ना भएका बारा च्युटाहाका २३ वषिर्य युवक, तराई अस्पतालमा उपचाररत ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ दिनदेखि ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज-११ फूलबारी टोलका ५३ वर्षीय, ५ दिनदेखि ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज- १० आदर्शनगरका ५० वर्षीया महिला, ५५ र २४ वर्षका पुरुषमा, ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज-१७ अलौंका ६९ वर्षीय, बाराको जीतपुरसिमराका ३५ वर्षीया महिला, खोकी लागेर कोरोना जाँच गराएका वीरगञ्ज-७ का ३६ वर्षीय पुरुषमा कोरोना देखिएकोछ ।

बयोधा अस्पतालमा चिकित्सकसहित १५ जनामा संक्रमण

नारायणी बयोधा अस्पतालमा कार्यरत चिकित्सक, स्टाफ नर्स, हाउस किपिङका कर्मचारीमा कोरोना देखिएको छ ।

वीरगञ्ज-१३ तेजारथ टोल बस्ने २९ वर्षीय, बाराको परवानीपुर गाउँपालिका-३ बस्ने २८ वर्षीय, वीरगञ्ज- १४ पिप्राका ३८ वर्षीया, वीरगञ्ज मुर्लीका २७ वर्षका र वीरगञ्ज-१३ श्रीपुरका ३३ वर्षीय गरी ५ जना नारायणी बयोधा अस्पतालमा कार्यरत ५ जना चिकित्सकमा कोरोना देखिएको हो ।

वीरगञ्जको गण्डक बहुअरी बस्ने ३८ वर्षीय, वीरगञ्ज-१८ भवानीपुर बस्ने २४ वर्षीय, वीरगञ्ज-१२ मुर्ली बस्ने २२ वर्षीय पुरुष तथा वीरगञ्ज-१५ भिश्वा बस्ने २२ वर्षीया, वीरगञ्ज-१० घडिअर्वा बस्ने २२ वर्षीया गरी ५ जना स्टाफ नर्स र वीरगञ्जकै ३३ र २३ वर्षीया, वीरगञ्ज-२३ सबैठवाका २५ वर्षीय, वीरगञ्ज गण्डकका २० वर्षीय हाउस किपिङ कर्मचारी र वीरगञ्ज रानीघाट बस्ने ३० वर्षीया सेक्युरिटी गार्डमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै नेशनल मेडिकल कलेजमा कार्यरत ३० वर्षीय चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४६, २८, ३२, ४०, ५०, २६, ३२, २३, २२, २९, ३४, ३४, २०, २५, २३, २७, १९, ३२, २२, ३४, ४५, ३९, ३०, २५, ३८, २२, २३, २०, ३७, ३८, ३४, ३२, ३२, २५, ७४, १९, ५०, ५५, १९, ५५, ७०, २४, ३१, २४ वर्षीय पुरुष र ५३ वर्षीया महिला गरी ४५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज-२५ सिर्सिया खाल्वाटोलामा गरिएको मास टेष्टिङमा ४७, ३२, १८, २१, ५५, ६५, ६०, ३५, ६२, ४५, १५, ५४, ४८, ७०, ४८, ७२, ३२, ४०, ३१, ४८, ५०, २६, ३०, ५२, ४३, ५०, ७०, ५८, ३७, २२ र ३० वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज- १० अशोकबाटिकाका ७५, ४७ र वषिर्य पुरुष र ८ वर्षीय बालक, ४२, २९, २०, १८ वर्षीया महिला र १५ वर्षीया किशोरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका पर्साको पर्सागढी नगरपालिका-९ का ५४ वर्ष र पर्सागढी-४ का ४३ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आफैंले कोरोना जाँच गराएका वीरगञ्ज-२ छपकैया २३ वर्षीय, वीरगञ्ज-११ का ४० वर्षीया पुरुष, ४७ वर्षीया महिला, वीरगञ्ज-१५ प्रतिमा चोक बस्ने ४९ वर्षीय, वीरगञ्ज पृथ्वीनगर बस्ने २९ वर्षीय, वीरगञ्ज गणेशचौक बस्ने ३४ वर्षीय, वीरगञ्ज-९ रानीघाट बस्ने ६५ वर्षीय, भेटेनरी हस्पीटल वीरगञ्जमा कार्यरत ५० वर्षीय पुरुष, वीरगञ्ज-११ मुर्लीका ४७ वर्षीय, वीरगञ्ज-१४ पिप्राका २६ वर्षीय, वीरगञ्ज राधेमाई टोल बस्ने ४२ वर्षीय, वीरुगञ्ज-२१ परवानीपुर बस्ने ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मास ट्रेसिङका क्रममा वीरगञ्ज- २ छपकैयाका २३ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

वीरगञ्ज कारागारमा गरिएको स्वाब संकलनका क्रममा चण्डी प्रसाद गणका ३३, २७, ३५, ३७ वर्षका नेपाली सेना र २९ वर्षीया महिला र ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटको इसनाथ नगरपालिका-२ लक्ष्मीनियाका २३ वर्षको पुरुष, २४ र ५० वर्षीया महिला, गौर नगरपालिका-२ रौतहटका ३० वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja