विप्लव समूहका रुकुम पश्चिम सेक्रेटरीसहित ४ पक्राउ



पोखरा

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रुकुम पश्चिम जिल्ला सेक्रेटरीसहित चार जना पक्राउ परेका छन् ।

प्रहरीले जिल्ला सेक्रेटरी हिरामणि रावलसहित ४ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

उनीहरुलाई आठबीसकोट नगरपालिका–९, राडीबजारको एक होटलमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सेक्रेटरी रावलसहित अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा, पार्टीको जिल्ला सदस्य घमण्ड महर र पार्टीको जिम्मेवारी नखुलेका तुल बहादुर घर्ती रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja