भारतमा अस्पतालमा आगलागी हुँदा ८ कोरोना संक्रमितको मृत्यु



पोखरा

भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा त्यहाँ उपचार गराइरहेका आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गुजरातको राजधानी अहमदाबादस्थित श्रेय अस्पतालमा बिहीबार बिहानै आगलागी शुरु भएको थियो । उक्त घटनालगत्तै त्यहाँ उपचारार्थ भर्ना भएका अरु ४१ जना कोभिड–१९ का बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरित गरिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै आगलागीको उक्त घटनाबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन । उनले पीडितहरुलाई जतिसक्दो सहायता गर्न सरकार तत्पर रहेको बताएका छन । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja