गण्डकीमा थप २० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५०० नाघ्यो



पोखरा

गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमितको संख्या १५०० नाघेको छ । आइतबार चारजना महिलासहित २० जना संक्रमित थपिएसँगै प्रदेशमा संक्रमितको संख्या १५०५ पुगेको हो ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ८ जना, कास्कीका ६ जना, लमजुङका ३ जना, तनहुँका २ जना र बागलुङका एकजनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित स्याङजाको वालिङका ५ जना पुरुष  र पुतली बजारका २ महिला र एक पुरुष गरी ३ जना रहेका  छन् । यस्तै, कास्कीको रुपा गाउँपालिकाका २ महिलासहित ५ जना र पोखरा महानगरपालिकाका एकजना पुरुष रहेका छन् ।

लमजुङका संक्रमित २ जना सुन्दर बजार र एकजना दोर्दीका हुन् । तनहुँको म्याग्दे र आबुखैरेनीका एक/एकजना पुरुष रहेका छन् भने बागलुङको बागलुङ नगरपालिकाकै एक पुरुष रहेका छन् ।

गण्डकीमा हालसम्म १२४५ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja