भारतमा विषाक्त मदिरा पिएर मर्नेको संख्या ८६ पुग्यो



पोखरा

भारतको पन्जाबमा विषाक्त मदिरा पिएर मर्नेको संख्या ८६ पुगेको छ ।

मृत्यु हुनेमा पन्जाबको तार्न तरन जिल्लाका मात्रै ६३ जना रहेका छन् भने अमृतसरमा १२ र गुर्दासपुरमा ११ जनाको मृत्यु भएको छ । घटनामा सम्बन्धित रहेको भन्दै ७ कर कार्यालयका कर्मचारी, ६ प्रहरी सहित २५ जना पक्राउ परेका छन् ।

प्रहरीले ३ जिल्लाका १ सय बढी स्थानमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाइका छन् । ती स्थानबाट सयौं लिटर अवैध मदिरासमेत बरामद गरी नष्ट गरिएको जनाइएको छ ।

बुधबार राति देखि नै मदिरा सेवन गरेकाहरुको मृत्यु हुन थालेको थियो । शुक्रबार रातिसम्म ३८ जनाको मृत्यु भएकोमा शनिबार थप ४८ जनाको मृत्यु भएको थियो ।

घटनामा मृत्यु भएकाहरुको परिवारलाई साढे २ लाखका दरले क्षतिपूर्ति प्रदान गरिने पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले घोषणा गरेका छन् । घटना पछि त्यहाँका थुप्रै ढाबा तथा रक्सी बेचविखन हुने पसलहरु सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja