‘केजीएफ २’ को नयाँ पोस्टर रिलिज, सञ्जय दत्तको दमदार लूक



पोखरा

‘केजीएफ’ को अपार सफलतापछि फिल्मको दोस्रो च्याप्टर प्रतीक्षित बनेको छ । फिल्ममा अझ सञ्जय दत्त पनि हुने भएपछि फ्यानको पर्खाइ हुने नै भयो ।

फिल्ममा सञ्जय दत्त खलनायकको भूमिकामा देखिनेछन् । आज सञ्जयको जन्मदिनमा ‘केजीएफ’ टिमले सञ्जयलाई प्रस्तुत गरिएको फिल्मको लूक सार्वजनिक गरेको छ ।

पोस्टरमा सञ्जय दत्तको कपालको स्टाइलदेखि अनुहारमा बनाइएको ट्याटु देख्न सकिन्छ । जसले दर्शकको थप ध्यान खिच्न सफल भएको छ ।

सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘केजीएफ’ ले नेपालमा समेत ५१ औं दिन मनाएको थियो । बक्स अफिसमा फिल्मले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

फिल्ममा शीर्ष भूमिकामा साउथका सुपरस्टार यश छन् । यो फिल्मपछि यशको पनि माग बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja