कोरोना भाइरस : विश्वभर १ करोड ६८ लाखभन्दा बढीमा संक्रमण



पोखरा

विश्वभर १ करोड ६८ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ४७ हजार ४४२ जनामा संक्रमण देखिएको छ । योसँगै बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ८३ हजार ६४५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या १ करोड ४ लाख ४५ हजार ७६४ छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५५९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ६२ हजार ४७३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ६७ जनाको मृत्यु भएको छ । २८ लाख १५ हजार १६६ जना संक्रमित भएकोमा १६ लाख ८९ हजार ५८३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ११ हजार ६२० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५२ लाख ६९ हजार २७८ पुगेको छ । त्यसमध्ये २६ लाख ६६ हजार ३२१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९२ हजार ७२१ जनाको मृत्यु भएको छ । ४० लाख ४७ हजार २६० जना संक्रमित भएकोमा २९ लाख ३८ हजार ६४५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३७ हजार २८८ जनाको मृत्यु भएको छ । ३८ लाख ५५ हजार ५९८ जना संक्रमित भएकोमा २६ लाख १० हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १८ हजार ४५० जनाको ज्यान गएको छ भने ८ लाख ७७ हजार ५९३ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख २७ हजार ८२१ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १८९ जनाको मृत्यु भएको छ । १७ हजार ३३ जना संक्रमित भएकोमा १० हजार ९३६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja