एलइडी फ्लेक्ससहितको स्मार्ट मास्क, नेपाली मूल्य ११ हजार



पोखरा

कोभिड–१९ का कारण अहिले मास्क लगाउनु हरेक नागरिकका लागि अनिवार्य भइसकेको छ । तर, सामान्य मास्क लगाउँदा कतिपय हैरान हुने गर्छन् ।

आजभोलि बजारमा चाखलाग्दा र स्मार्ट मास्कहरु पनि निर्माणको क्रम बढेको छ । केही समयअघि एक जापानी कम्पनीले स्मार्ट मास्क सार्वजनिक गरेको थियो ।

यसैबीच अर्को एक मास्क कम्पनीले एलइडी मास्कको विकास गरेको छ ।

द भर्जको रिपोर्टअनुसार यो मास्कलाई डुअल लेअर कटनले बनाइएको छ । जसमा चार्जेबल एलइडी फ्लेक्स प्यानल पनि छ ।

उक्त प्यानललाई सेनिटाइज गरेर पुनः प्रयोग गर्न सकिन्छ । हाल यो मास्कको नेपाली मूल्य झण्डै ११ हजार पर्छ । मास्कलाई अनलाइनमार्फत पनि खरिद गर्न मिल्नेछ ।

एलइडी डिस्प्लेवाला यो मास्क एक स्क्रिनका साथ उपलब्ध हुनेछ । प्रयोगकर्ताले मोबाइल एपका माध्यमबाट मास्कलाई कस्टमाइज गर्न पनि सक्नेछन् ।

यो मास्क लगाएर सास फेर्न पनि सहज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja