अंकितको ‘सङ अफ क्लाउड’ ले जित्यो ५ सय युरो पुरस्कार



पोखरा

अकिंत पौडेलले निर्देशन गरेको फिल्म ‘सङ अफ क्लाउड’ ले पुरस्कार जितेको छ । इटलीमा आयोजना गरिएको ‘एसोलो आर्ट फिल्म फेस्टिभल’ मा फिल्मले पुरस्कार हात पारेको हो ।

आर्ट फिल्म विधातर्फ फिल्मले ५ सय युरोको पुरस्कार जितेको हो । मान्छेको मृत्युपछिको जीवनको कल्पना गरी फिल्म तयार पारिएको छ ।

फिल्म ‘सङ अफ क्लाउड’ को यसअघि जनवरीमा सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो । फिल्मले अन्य विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि सहभागिता जनाएको छ ।

यसअघि फिल्लमे वर्ल्ड फेस्ट हस्टन इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि अवार्ड जितेको थियो ।

काठमाडौंको अस्कर कलेजमा अध्ययन गरेका अकिंतले २० वटाभन्दा बढी फिल्ममा छायांकारका रुपमा काम गरेका छन् । ‘सङ अफ क्लाउड’ उनको निर्देशकीय डेब्यु फिल्म हो ।

फिल्ममा स्क्रिप्ट र छायांकन पनि निर्देशक पौडेलकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja