रोनाल्डोको गोलमा युभेन्टसलाई सिरि ए फुटबलको उपाधि



पोखरा

यो सिजनको सिरि ए फुटबलको उपाधि यभेन्टसले जीतेको छ ।

आईतबार राति साम्पोडियालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले लगातार नवौं पटक सिरि ए को उपाधि जीतेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक एक गोल गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए । ६७औं मिनेटमा बर्नार्डेस्कीले घरेलु क्लबका लागि दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए ।

खेल सकिन एक मिनेट अघि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो । तर, रोनाल्डो पेनाल्टीमा गोल गर्न असफल रहे ।

युभेन्ट्सलाई लिग उपाधि जीत्न तीन अंक आवश्यक थियो । तर, पछिल्ला ५ खेलमा युभेन्ट्सले मात्र एक खेलमा जित निकाल्न सफल रह्यो ।

अबरुद्ध लिग पुन सुरु भएपछि रोनाल्डोले युभेन्ट्सका लागि १० गोल गर्न सफल रहे । अन्तिम मिनेटमा पेनाल्टी खेर फालेका रोनाल्डोले क्लबको कीर्तिमान बराबरी गर्न असफल रहे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja