पोखराको मणिपाल अस्पतालका डाक्टरमा कोरोना संक्रमण पुष्टि



पोखरा

 पोखरामा सोमबार कोरोना संक्रमण पुष्टि भएका २ जना मध्ये एक जना मणिपाल अस्पतालमा कार्यरत डाक्टर रहेको खुलेको छ ।

कन्ट्याक्ट ट्रेसिंङका  क्रममा मणिपाल अस्पतालबाट स्वाव संकलन गरिएका एक डाक्टरमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशानलय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए। संक्रमण पुष्टि भएका डाक्टरको बारेमा थप जानकारी लिदै गरेको र कन्ट्रयाक्ट ट्रेसिंङको  कार्य शुरु गरिएको शर्माले पोखरा न्यूजलाई बताए  ।

उनको आइतबार स्वाव संकलन गरिएकोमा आज नतिजा पोजेटिभ आएको शर्माले बताए । उनलाई अहिले  गण्डकी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । उनको  मणिपाल अस्पतालमै आवासमा बस्दै आएका छन्  ।

सोमबार संक्रमण पुष्टि भएका अर्का व्यक्ति भने पोखरा महानगर १० का बासिन्दा रहेको स्वास्थय महासाखा प्रमुख हेमन्त पौडेलले बताए । उनको ट्राभल हिस्ट्री नभएको जानकारी आएको बताउदै पौडेलले कन्ट्याक्ट ट्रेसिंङ् कार्य शुरु गर्न लागिएको जनाए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja