१ खर्ब ९५ अर्बको पेट्रोलियम इन्धन मात्रै आयात



पोखरा

नेपालले आर्थिक वर्ष २०७६/७७ मा गरेको कुल वस्तु निर्यातको मूल्य ९६ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ रह्यो । भन्सार विभागका अनुसार यो एक वर्षको अवधिमा पेट्रोलियम पदार्थसहित खनिज इन्धन आयातमा मात्रै करिब २ खर्ब मूल्य बराबरको आयात भएको छ ।

खनिज तेल, त्यसका विभिन्न प्रकारका उत्पादन, अलकत्राजस्ता खनिज पदार्थ र इन्धन आयातमा मात्र एक वर्षको अवधिमा १ खर्ब ९४ अर्ब ७९ करोड रुपैयाँ विदेसिएको छ ।

तथ्यांकअनुसार नेपालको एक वर्षको निर्यातले पेट्रोलियम पदार्थजन्य खनिज इन्धन आयातमा बाहिरिने रकमको आधा पैसा पनि धान्दैन । जसको फलस्वरुप नेपालको आयातको तुलनामा निर्यातको हिस्सा मुस्किलले १० प्रतिशत हाराहारी मात्र रहने गरेको छ । यसले व्यापार घाटा चुलिने गरेको छ ।

नेपालमा एक वर्षको अवधिमा आइरन र स्टीलको आयात समेत १ खर्बभन्दा माथिको रहेको छ । यस्तो पदार्थ नेपालबाट भने १ अर्ब ७५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

फलाम र स्टिलका सामानको आयात भने १९ अर्ब १४ करोड रुपैयाँ बराबरको भएको छ । यस्तो वस्तुको निर्यात १ अर्ब १५ करोड रुपैयाँ बराबरको भएको छ । सवारी साधनको आयातमा मात्र ६५ अर्ब रुपैयाँ विदेशिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja