४ गोलले मान्यता नपाउँदा नापोलीसँग सस्सुलोको हार



पोखरा

सस्सुलोले लगाएको चार गोलले मान्यता नपाउदा इटालियन सिरी ‘ए’ मा नापोलीले जीत हार पारेको छ ।

नापोलीमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जीतमा इलसिड ह्यासाज र एलानले गोल गरे ।

खेलको आठौं मिनेटम नै लेफ्टब्याक इलसिडले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि सस्सुलोले चार गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) बाट मान्यता नपाउदा पराजित हुन पुग्यो ।

सस्सुलोको चार गोलमध्ये तीन गोलमा अफसाइड देखिएपनि एक गोलमा अफसाइड देखिएको थिएन । सस्सुलोको तेस्रो गोलमा कुनै अफसाइड देखिएको थिएन । इन्ज्युरी समयमा एलानले गोल गर्दै नेपोलीलाई २–० को नाटकीय जीत दिलाए । ३२औं मिनेटमा फिलिप डुरिसिसले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । उनी अफसाइड ठहरिए ।

फ्रान्सिस्को कापुटोले पास दिनुअघि नै उनी अफसाइड पोजिसनमा रहेका थिए । ३७औं मिनेटमा फिलिप डुरिसिसले अर्को गोल गरेपनि गोलले मान्यता पाएन । हामेद ट्राओरेको प्रहारलाई गोलरक्षक डेभिड ओस्पिनाले बचाएपनि रिवाउन्डमा फिलिप डुरिसिसले गोल गरेका थिए । तर, हामेद ट्राओरे अफसाइड पोजिसनमा रहेका थिए ।

४९औं मिनेटमा फ्रान्सिस्को कापुटोले गोल गरेपनि उनी अफसाइड ठहरिए । ६१औं मिनेटमा डोमिनिको बेरारडीलेले अर्को गोल गरेपनि उनको गोलले मान्यता पाएन ।

जीतसँगै नापोली ५९ अंक जोडेर सातौँ स्थानमा यथावत रहेको छ । सस्सुलो भने ४८ अंकका साथ आठौं स्थनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja