नेपालमा थप १ सय ३३ कोरोना संक्रमित, संक्रमितको संख्या १८ हजार ३ सय ७४



पोखरा

नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ३३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा शुक्बारर १ सय ३३ जना संक्रमित भेटिएको जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ । यस सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

नेपालमा संक्रमित मध्ये १२ हजार ९ सय ४७ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा १ सय ७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja