ट्विटरका प्रयोगकर्तामा कीर्तिमानी वृद्धि, तर किन घट्यो आम्दानी ?



पोखरा

माइक्रो ब्लगिङ साइट ट्विटरका प्रयोगकर्ताको संख्यामा ऐतिहासिक बढोत्तरी देखिएको छ । ट्विटरले बिहीबार सार्वजनिक गरेको रिपोर्टअनुसार दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा कीर्तिमानी वार्षिक वृद्धि हासिल भएको हो ।

ट्विटर प्रयोगकर्ताको वृद्धिदरले विश्लेषकहरुको अनुमानलाई उछिनेको रिपोर्ट सार्वजनिक भएसँगै ट्विटर कम्पनीको शेयर मूल्यमा समेत सकारात्मक प्रभाव परेको छ । बिहीबार ट्विटरको शेयर मूल्यमा ६ प्रतिशत वृद्धि भएको छ ।

पछिल्लो रिपोर्टअनुसार ट्विटरका मनिटाइजेबल दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा पछिल्लो एक वर्षमा ३४ प्रतिशतले वद्धि भई १८ करोड ६० लाख पुगेको छ ।

मनिटाइजेबल एक्टिभ युजर्स भनेको त्यस्ता सक्रिय प्रयोगकर्ताको संख्या हो जसले आफ्नो वालमा विज्ञापन देख्दछन् ।

विश्लेषकहरुले यस अवधिमा ट्विटरका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १७ करोड ६० लाख पुग्ने प्रक्षेपण गरेका थिए ।

ट्विटरका सक्रिय प्रयोगकर्ताको संख्यामा कीर्तिमानी बढोत्तरी हुनुमा विश्वमा फैलिरहेको कोरोना भाइरस महामारीको लकडाउनका कारण मानिसहरु घरभित्रै रहन बाध्य हुनु र सोसल मिडियाको अत्यधिक प्रयोग गर्नुलाई मुख्य कारण मानिएको छ ।

प्रयोगकर्ताको संख्यामा कीर्तिमानी वृद्धिदर हासिल गरे पनि ट्विटरको आम्दानीचाहिँ अपेक्षाकृत हुन सकेन । कोरोना भाइरस महामारीका कारण सिर्जित आर्थिक मन्दीसँगै डिजिटल विज्ञापन व्यवसायमा आएको मन्दीका कारण ट्विटरको आम्दानीमा गम्भीर असर परेको बताइएको छ ।

ट्विटरको कूल आम्दानीको ८२ प्रतिशत हिस्सा डिजिटल विज्ञापनबाट आउने गर्दछ । विज्ञापनबाट हुने आम्दानी २३ प्रतिशतले घटेर ५६ करोड २० लाख डलरमा झरेको छ ।

ट्विटरको विज्ञापन आयमा कमी आउनुमा कोरोना भाइरस महामारीसँगै विभिन्न चर्चित ब्राण्डहरुले रेसिजमको विरोध गर्दै सोसल मिडियामा विज्ञापन दिन बन्द गर्नु पनि प्रमुख कारणको रुपमा रहेको छ ।

पछिल्लो एक वर्षमा ट्विटरको कुल आम्दानी ६८ करोड ३० लाख डलर रहेको छ । जुन अघिल्लो वर्षको वार्षिक आम्दानीभन्दा १९ प्रतिशतले कम हो ।

समग्रमा सन् २०२० को दोश्रो त्रैमासिक अवधिमा ट्विटर कम्पनीले कुल १२ करोड ७० लाख डलर घाटा व्यहोरेको छ । गत वर्र्ष यहीँ अवधिमा ट्विटरले ३ करोड ७० लाख डलर मुनाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja