युभेन्टसको अप्रत्याशित हार, तीन खेल अगावै उपाधि जित्ने मौका गुमायो



पोखरा

इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्ट्सले अप्रत्याशित हार ब्योहोरेको छ ।

उपाधि नजिक रहेको युभेन्ट्स बिहीबार राति उडिनेजेसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

उडिनेजेको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो । खेलको ४२औं मिनेटमा म्याथिस डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ५२औं मिनेटमा ल्लिजा नेस्टोरभोस्कीले गोल गर्दै उडिनेजेलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा सेको फोफानाले गोल गर्दै उडिनेजेलाई २-१ को जीत दिलाए ।

उडिनेजेसँग पराजित भएसँगै युभेन्ट्सले उपाधि जित्न अर्को खेल कुर्नुपर्ने भएको छ । उपाधिका लागि ३ अंक मात्रै टाढा रहेको युभेन्टसले बाँकी रहेका ३ खेलमध्ये कम्तिमा एउटा जीतले पनि उपाधि पक्का गर्नेछ ।

युभेन्ट्स लगातार नवौं सिजन सिरी ‘ए’ को उपाधि जित्ने संघारमा रहेको छ । युभेन्ट्सले सन् २०११/१२ को देखि लगातार उपाधि जित्दै आइरहेको छ । यस सिजनको उपाधि जितेमा युभेन्ट्सले ३६औं सिरी ‘ए’ उपाधि हात पार्नेछ ।

घरेलु टोलिसँग पराजित भएको युभेन्ट्सले ८० अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको एटलान्टा भन्दा ६ अंकले अघि रहेको छ । उडिनेजे ३९ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja