पर्सामा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि



पोखरा

पर्सामा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।  डाक्टर,  उपचाररत बिरामी लगायत पर्सामा गएराति मात्र १७ जनामा संक्रमण पुष्टि भएकाे पर्साका  सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो।

कोरोना संक्रमित मध्ये एक जनाकाे मृत्यु समेत भइसकेकाे नारायणीअस्थाई काेभिड अस्पतालका संयाेजक डा. उदयनारायण सिंहले जनाए। 

बिरगंज माईस्थान निवासी ५६ बर्षिय पुरुषलाई उपचारको लागि बिरगंज स्थित एड्भान्स हस्पिटलमा लगिएकोमा थप उपचारलो लागि मंगलवार मात्र कोभिड अस्पतालको आईसोलेशनमा राखि उपचार भएकोमा बुधबार उनको मृ त्यु  भएको  हो। मृतकको स्वाब संकलनको रिपोर्ट पनि पोजेटिभ आएको थियो ।

अन्य संक्रमण फेला परेका मध्ये अधिकांश स्वास्थ्यकर्मी, चिकित्सक र विभिन्न निजि अस्पतालमा उपचारत बिरामीहरु रहेकाे जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमाेद ठाकुरले वताए ।

थप संक्रमितहरूमा २ डाक्टर, २ उपचाररत बिरामी लगायत १७ जना रहेका छन् ।

संक्रमितहरूमध्ये १३ जना पुरूष र ४ महिला रहेका छन् । संक्रमितहरू १५ वर्षेदेखि ८५ वर्ष सम्म उमेरका रहेका छन् । सबैकाे स्वाव संकलन साउन ६ गते गरिएकाे संयोजक डा. सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja