विश्वमा कोरोना : १ करोड ५३ लाखभन्दा बढीमा संक्रमण



पोखरा

विश्वभर १ करोड ५३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७८ हजार ६२५ जनामा संक्रमण देखिएसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ६३ हजार ८४३ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १०७ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख २९ हजार ७८८ पुगेको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ९३ लाख ४० हजार ९२७ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १४७ जनाको मृत्यु भएको छ । २७ लाख १७ हजार ४९० जना संक्रमित भएकोमा १६ लाख २२ हजार ८८६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १ हजार ४१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४७ लाख ९७ हजार ९३८ पुगेको छ । त्यसमध्ये २३ लाख ७५ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८४ हजार ४६८ जनाको मृत्यु भएको छ । ३५ लाख ९८ हजार ६०८ जना संक्रमित भएकोमा २५ लाख ६८ हजार २८० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २६ हजार ९८८ जनाको मृत्यु भएको छ । ३४ लाख ६१ हजार ७८ जना संक्रमित भएकोमा २३ लाख २४ हजार ६८६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १६ हजार ४७९ जनाको ज्यान गएको छ भने ७ लाख ७३ हजार ४१८ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ३८ हजार २८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १५० जनाको मृत्यु भएको छ । १४ हजार ५९० जना संक्रमित भएकोमा १० हजार १५८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja