अमेरिकाद्वारा हुवावेका कर्मचारीको भिसामा प्रतिबन्ध



पोखरा

संयुक्त राज्य अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेका कर्मचारीको भिसामा प्रतिबन्ध लगाएको छ । अमेरिकाले हुवावेका सामग्री वितरण गर्नेहरुमाथि पनि प्रतिबन्ध लगाएको जनाइएको छ ।

हुवावेले मानवअधिकारको दुरूपयोग गरेको भन्दै उक्त प्रतिबन्ध लगाएको अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले जनाएका छन् ।

‘विश्वभरका टेलिकम्युनिकेशन कम्पनीहरूले आफैंलाई ध्यानमा राख्नुपर्छ, यदि उनीहरुले हुवावेसँगै व्यवसाय गरिरहेका छन् भने उनीहरू मानवअधिकार दुरुपयोग गर्नेहरूकासाथ व्यवसाय गरिरहेका छन्,’ उनले भने ।

हवावेले चिनियाँ कम्युनिस्ट पार्टीका सेनालाई सूचना पुर्‍याउने काम गरेको आरोप लाग्दै आएको छ । चीनले सिन्जियाङमा व्यापक मानवअधिकार उल्लंघन गरेकोसमेत आरोप लगाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीहरु ‘विश्वासका लायक’ नभएको बताउँदै भनेका थिए, ‘हामी विश्वासघात चिनियाँ कम्पनीसँग कारोबार गर्न चाहदैनौं, हामीले धेरै मुलुकहरुलाई यसबारेमा बताएका छौं कि हुवावे एक ठूलो खतरा हो ।’

अमेरिकाले चिनियाँ टेलिकम्युनिकेशन कम्पनी हुवावे र जेडटीई कर्पलाई ठूलो खतराको रुपमा चित्रण गरेको छ ।

यसअघि बेलायतले पनि हुवावेलाई आफ्नो ५ जी नेटवर्कबाट प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja