नेपाल आयल निगममा नेविसंघको धर्ना



पोखरा

नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगम लिमिटेडको गेट अगाडि धर्ना दिएको छ ।

कोरोनाले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पटक-पटक पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरिनु आफैंमा अमानवीय कार्य भएकोले बाध्य भएर धर्ना दिनु परेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

लकडाउनको तीन महिनाको अवधिमा मात्र ३ अर्ब नाफा गरेको निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्यवृद्धि हुँदा पेट्रोलियम पदार्थमा पटक पटक मूल्य वृद्धि गरिने गलत भएको भन्दै आइतबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म एक घण्टा धर्ना दिइएको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja