पोखराको सेती नदी थुनिदा तालमा परिणत



पोखरा

गए राति परेको अविरल वर्षातका कारण पोखराको रामघाट क्षेत्र डुवानमा परेको छ । वर्षातको कारण  सेती नदीको वहाव बढेपछी पोखरा १० स्थित रामघाट क्षेत्र तालमा परिणत भएको छ ।

लगातारको वर्षात पश्चात नदीले लेदो माटो सहित काठका मुढा र गेग्रान रामघाट क्षेत्रको साँघुरो निकासमा थुपारेपछी रामघाट क्षेत्र जलमग्न भएको हो ।

सो क्षेत्रमा केह टहरा र सुकुम्बासी बस्तीमा रहेका वासिन्दाहरुलाई गएराति नै प्रहरी पठाएर सुरक्षित स्थानमा सर्न आग्रह गरि डुबानको जोखिममा पर्नबाट जोगाइएको  जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठले  बताए ।

एसपी  श्रेष्ठका अनुसार शुक्रबार दिउसो नदीको वहाब सुकुम्बासी बस्तीमा पस्न जाँदा  व्यावसायिक रुपमा पालिएका १ सय ५८ वटा बंगुर र १९ कुखुरा नदिले बगाएको छ ।

अहिले रामघाट क्षेत्रमा पानीको बहाब घट्ने क्रममा रहेकाले थप डुबानको सम्भाबना नरहेको एसपी श्रेष्ठले  बताए । यद्यपी वर्षातको समय रहेकाले थप पानि पर्ने सभ्वाबना रहेको जनाउदै सतर्कता अपनाउन सबैलाई उनले  आग्रह गरेका  छन् ।

वर्षात पछि पोखरा क्षेत्रका डेभिड फल्स, फुर्सेखोला लगायतका विभिन्न खहरे खोलाहरुमा पानीको बहाब बढेको छ भने छोरेपाटन, कमलपोखरी लगायतका केहि भू-भाग समेत डुवानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja