‘कृष ४’ मा विश्वस्तरको स्पेशल इफेक्टस् प्रयोग गरिने खबरहब



पोखरा

कोरोना भाइरसका कारण सुस्ताएको बलिउडमा अब बिस्तारै खुल्दै छ । लामो समयदेखि सुपरपावरमा आधारित फिल्म ‘कृष ४’ को दर्शकलाई प्रतीक्षा छ ।

अघिल्लो भाग ७ वर्षअघि रिलिज भएको थियो । तर, यसको चौथो सिक्वेल कहिले बन्ने भन्ने अझै टुंगो छैन ।

खबरका अनुसार फिल्मको स्किृप्टमा अझै पनि काम चलिरहेको छ । ऋतिक रोशन र राकेश रोशनको फ्रेन्चाइज यो फिल्ममा स्पेशल इफेक्टस पनि प्रयोग गरिनेछ ।

फिल्मको स्पेशल इफेक्टसका लागि भारतीय मात्र नभएर विदेशबाट पनि टिम ल्याइने जनाइएको छ । एभेन्जर्सजस्ता फिल्म हेरेका दर्शकका लागि अब राम्रो फिल्म बनाउन सकिएन भने दर्शकको मन जित्न सकिने टिमले निर्णय गरेको छ ।

फिल्ममा विश्वस्तरको स्पेशल इफेक्टस प्रयोग गरिने जनाइएको छ ।

यस्तै फिल्ममा ऋतिक रोशनको दोहोरो भूमिका रहनेछ । फिल्ममा रोहित मेहतालाई पुनर्जीवित गरिने गरी कथा तयार पारिएको छ ।  फिल्ममा ऋतिकलाई कृष्ण र रोहित मेहराको भूमिकामा देख्न सकिनेछ ।

यद्यपि फिल्ममा ऋतिकबाहेक बाँकी कलाकार को हुने भन्ने अझै टुंगो लगाइएको छैन । अहिले पूर्ण काम स्किृप्टमा मात्र भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja