सुअरेजको गोलमा बार्सिलोना विजयी



पोखरा

लुइस सुअरेजले दोस्रो हाफमा गरेको एक मात्र गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा स्पानयोललाई १-० ले पराजित गरेको छ । क्याटलान डर्बी खेलमा बार्सिलोनाले कठिन जितसहित ३ अंक जोडेको हो ।

खेलमा दुवै टिमका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए । ५०औं मिनेटमा बार्सिलोनका अंशु फाटीले रातो कार्ड पाएका थिए । त्यसको ३ मिनेटपछि स्पानयोलका पोल लोजानोले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा झरेका थिए । दुवै खेलाडीलाई भीएआर को सहयोगबाट रातो कार्ड देखाइएको थियो ।

५६औं मिनेटमा लुइस सुअरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए र उक्त गोल नै निर्णायक बन्दा बार्सिलोनाले ३ अंक जोड्दै शीर्ष स्थानको रियलसँग अंक दुरी १ मा घटाएको छ ।

३५ खेलबाट ७६ अंक जोडेको बार्सिलोनाले उपाधि होडलाई कायमै राखेको छ । एक खेल कम खेलेको रियलको ७७ अंक छ ।

यस्तै ला लिगाकै अर्को खेलमा गेटाफेलाई ३-१ ले पराजित गर्दै भियारियालले चौथो स्थानमा रहने स्मभावनालाई कायमै राखेको छ । जितपछि ३५ खेलबाट ५७ अंक जोड्दै भियारियाल पाँचौ स्थानमा छ । समान खेलबाट ५३ अंकसहित गेटाफे छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja