गुगलले ल्यायो नयाँ सोसल मिडिया एप, गुगल करेन्ट्स्



पोखरा

गुगल करेन्ट्सलाई गुगलले प्ले स्टोर तथा एपस्टोर दुबै प्लाटफर्ममा उपलब्ध गराइसकेको छ । यद्यपि यो एप अहिले आम सर्वसाधारणका लागि नभई व्यवसायिक सशुल्क ग्राहकहरुका लागि मात्र उपलब्ध छ । सबै प्रयोगकर्ताका लागि गुगलको यो एप कहिलेदेखि उपलब्ध हुनेहो भन्ने बारेमा केहीपनि खुलाइएको छैन ।

गुगल करेन्ट्सका विशेषता

प्ले स्टोरमा गुगलले यो नयाँ एपका बारेमा व्याख्या गर्दै भनेको छ, ‘यो एपका माध्यमबाट प्रयोगकर्ताहरु आफ्ना साथीहरुसँग जोडिन सक्नेछन्, डकुमेन्टहरु आदानप्रदान गर्न सक्नेछन्, साथै आफ्नो संस्थाका विभिन्न क्रियाकलापहरुको बारेमा प्रयोगकर्ताहरुलाई जानकारी प्राप्त हुनेछ ।’

विश्लेषकहरुका अनुसार गुगल प्लस बन्द भएसँगै गुगलको सोसल मिडिया प्लाटफर्मको पर्खाइमा रहेका प्रयोगकर्ताहरुका लागि यो नयाँ एपले आकर्षण पैदा गर्ने अधिक सम्भावना छ ।

नाइन टू फाइभ गुगल नामक वेबसाइटका अनुसार गुगल प्लसको वेब एड्रेसमा लगअन गर्दा अब गुगल करेन्ट्सको पेजमा रिडाइरेक्ट हुनेछ । गुगलले सन् २०१८ मा आफ्नो गुगल प्लस प्लाटफर्म बन्द गरेको थियो । गुगल प्लसको एप्लिकेसन प्रोग्रामिङ इन्टरफेसमा एक बग छिरेर लाखौँ प्रयोगकर्ताका डाटा चोरी गरेको सार्वजनिक भएसँगै गुगलले उक्त प्लाटफर्म बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja