चीनमा विद्यार्थी बोकेको बस जलाशयमा खस्यो, २१ को मृत्यु



पोखरा

चीनमा विद्यार्थी बोकेको बस जलाशयमा खस्दा २१ को मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

चीनको ग्वोइझोउ प्रान्तमा परीक्षार्थी बोकेको बस सडकमा अचानक मोडिँदा ५ लेन कटेर पानीमा खसेको थियो । बसमा बसेका यात्रीहरु मध्ये थुप्रै यात्रुहरु प्रवेश परीक्षामा भाग लिन जान लागेको जनाइएको छ । बसमा कति यात्रु थिए भन्ने बारे भने कुनै जानकारी नआएको जनाइएको छ ।

चिनियाँ सञ्चारमाध्यमहरुमा देखिएको तस्वीरमा बसको आधा भाग पानीमा डुबेको अवस्थामा रहेको देखाइएको छ । बस ९० डिग्री घुमेर गार्ड रेल तोडेर जलाशयमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja