स्थापना दिवसमा जोन्टाले गर्‍यो अनलाईन अन्तरक्रिया



पोखरा

 जोन्टा क्लव पोखराले क्लव स्थापनाको दिवसमा अनलाईन अन्तरक्रिया गरेको छ । कोभिड १९ का कारण भएको लकडाउनले महिलाहरुमा पर्न गएको असरका बारेमा जोन्टा क्लवले अनलाईन अन्तरक्रिया गरेको हो ।

अनलाईन अन्तरक्रियामा जोन्टा क्लव इन्टरनेशनलकी लेफ्टेनेन्ट गभर्नर तथा होटल एसोशियसन नेपालकी केन्द्रीय अध्यक्ष सिर्जना रानाले शुभकामना मन्तव्य राखेकी थिईन् । सहभागिलाई स्वागत मन्तव्य जोन्टा क्लव पोखराकी अध्यक्ष लिना श्रेष्ठले गरेकी थिईन् । अनलाईन अन्तरक्रियामा सहजकर्ताको भुमिका जोन्टा क्लव पोखराकी उपाध्यक्ष मोनिका थापाले गरेकी थिईन् भने संचालन क्लबकी सदस्य सुबि तन्डुकारले गरेकी थिईन् । कमिटि डाईरेक्टर अन्जना तक्ष्याको संयोजकत्वमा अनलाईन अन्तरक्रिया सम्पन्न भएको थियो ।

अन्तरक्रियामा कोभिड १९ कारण भएको लकडाउनमा महिला हिंसा बढिरहेको महिला अधिकारकर्मी तथा संयुक्त राष्ट्र संघ अन्तरगत ‘महिला विरुद्ध सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सन्धी’की उपाध्यक्ष बन्दना रानाले बताएकी छन् । लकडाउनले महिलामा बढि प्रभाव पारेको उनको भनाई थियो । विश्वमा हेर्नुपर्दा ३५ देखि ४० प्रतिशत घरेलु हिंसामा महिलाहरु परेका उनले बताईन् । उनले भनिन् –‘अरुबेला यसै हिंसामा रहेका महिला लकडाउनमा बन्दी जस्तो भएर हिंसामा परेका छन् । त्यसमाथी नजिकैको मानिसबाट बलात्कारको हिंसा बढेको पाइन्छ । महिलाहरुले नाई भन्न नसक्ने अवस्थाले गर्दा पनि दाईले बहिनीलाई, बाउले छोरीलाई, ससुराले बुहारीलाई बलात्कारको घटना बढेको छ । महिलाहरुको प्रजनन स्वास्थ्यमा पनि प्रतिकुल असर परेको छ । साथै दिर्घकालिन औषधि प्रयोग गर्नेहरुले नियमित रुपमा औषधि सेवन गर्न पाईरहेका छैनन् । गर्भवतीलाई विशेष सेवा आवश्यक भएपनि त्यस्तो हुन सकेको छैन ।’

यी सबै अवस्थालाई हेर्दा राज्यबाटै उचित निती आउन आवश्यक रहेको उनको भनाई छ । राना भन्छिन् –‘यस्तो अवस्था अहिलेमात्र होईन पछि पनि आउन सक्छ भनेर राज्यलाई खबरदारी गर्दै जिम्मेवार बनाउन पर्छ ।’ कोभिडले सबैलाई एकै प्रकारको असर पारेको हुँदैन त्यसैले अवस्था हेरी राज्इबाट कदम चालिनुपर्ने उनले बताईन् ।

महिलाहरुको हक अधिकारका विषयमा पछाडी परेको हुँदा अव महिला हक अधिकार तथा लैङ्गिक अधिकारलाई अगाडी लान युवा आउनुपर्ने उनको बुझाई छ । महिलाहरु र बालिकाहरुमा पर्न गएको सामाजिक, मानसिक, आर्थिक, शारिरीक प्रभाव र स्थितिका विषयमा रानाले अनलाईन अन्तरक्रिया गरेकी हुन् ।

राना महिला आन्दोलन, हक, अधिकारका विषयमा आवाज उठाउँदै आएकी महिला अधिकारकर्मी हुन् । उनी ३३ वर्षदेखि महिला अधिकारका विषयमा बोल्दै आएकी संचारकर्मीसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja