अब एउटा सेवा प्रदायकबाट दुईवटा मात्रै सिमकार्ड लिन पाइने



पोखरा

सरकारले अब एउटा सेवाप्रदायकबाट दुईवटा मात्रै सिमकार्ड लिन पाइने व्यवस्था गरेको छ । यसअनुसार एक व्यक्तिले एउटा मोबाइल सेवा प्रदायक कम्पनीको दुईवटा मात्रै सिमकार्ड लिन पाउनेछन् ।

यसअघि सरकारले सिम कार्ड लिन पाउने व्यवस्थामा कुनै सीमा तोकेको थिएन । अब भने एक व्यक्तिले नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलको दुई-दुईवटा मात्रै सिमकार्ड आफ्नो नाममा लिन पाउनेछन् । एनटीसीको सीडीएमए लिनेको हकमा भने ३ वटासम्म जीएसएम सिम लिन पाउने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सेवा प्रदायकहरूलाई पत्र लेखेर अब यो व्यवस्था कडाइका साथ लागु गर्न निर्देशन दिएको छ । प्रवक्ता मिनप्रसाद आर्यालका अनुसार एकै व्यक्तिले जति पनि सिम लिने प्रचलनले गर्दा साइबर अपराध र अन्य अपराधको घटना बढेको र अनुसन्धान गर्न पनि असहज भएको गृह मन्त्रालयको सुझावका आधारमा नयाँ व्यवस्था गरिएको हो ।

‘अब मोबाइलबाट बैङ्किङ कारोबारदेखि विभिन्न महत्वपूर्ण कामहरू गरिन्छन्,’ उनले भने,’ मोबाइलको दुरुपयोग गरेर हुन सक्ने गतिविधि नियन्त्रण गर्न र व्यक्तिको पहिचानको आधार मोबाइल नम्बरलाई बनाउन जरुरी भएको छ ।’

प्राधिकरणले यसअघि देखि नै एउटा सेवा प्रदायकबाट दुईभन्दा बढी सिम चलाइरहेकाहरूलाई पनि यो नियम लागु गर्नेगरी व्यवस्था हुने बताएको छ।

प्राधिकरणले हालसालै नागरिकतको सक्कलसहित सम्बन्धित व्यक्ति उपस्थित भएपछि मात्रै सिम दिन सकिने व्यवस्था लागु गरेको छ । अरूका नाममा सिम लिएर दुरुपयोग हुन थालेेपछि प्राधिकरणले सिमकार्डको बिक्री वितरणमा कडाइ गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja