अजयको ‘मैदान’ सन् २०२१ मा रिलिज हुने



पोखरा

अजय देवगन स्टारर स्पोर्टस् ड्रामा ‘मैदान’ १३ अगस्तमा रिलिज हुने भएको छ । अजयले ट्वीट गर्दै फिल्म हलमा सन् २०२१ को अगस्तमा रिलिज हुने जानकारी दिए ।

यो फिल्म फुटबलको कथामा आधारित छ । अजयले फिल्ममा कोच सैयद अब्दुल रहिमको भूमिका निभाएका छन् । सैयदलाई भारतमा भारतीय फुटबलका संस्थापक पिता पनि भन्ने गरिन्छ । उनी सन् १९५० देखि १९६३ सम्म भारतीय राष्ट्रिय फुटबल टिमका म्यानेजर थिए ।

फिल्मलाई अमित शर्माले निर्देशन गर्नेछन् । यसअघि उनले ‘बधाई हो’ निर्देशन गरेका थिए । जुन बलिउडमा लोकप्रिय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja