पोखरा नुडल्सको नयाँ स्वादको ‘हटपट चाउचाउ’ बजारमा



पोखरा

पोखरा नुडल्सले डेढ वर्षको अनुसन्धान पछि नयाँ र  फरक स्वादको ‘हटपट चाउचाउ’ बजारमा ल्याएको छ । मानिसहरुको रोजाईलाई मध्यनजरगर्दै विगत डेढ वर्ष अनुसन्धान र खोज गर्दै आज (सोमबार)देखि फरक स्वादको ‘हटपट’ चाउचाउ पोखराको बजारमा आएको हो ।

कोरियन चाउचाउको स्वाद बढि रुचाईएकाले नेपाली र कोरियन स्वादको समीश्रणको रुपमा हटपट चाउचाउ बनेको पोखरा नुडल्स प्रालीका अध्यक्ष श्रीराम पाण्डेले बताए । उनले भने –‘डेढ वर्षको अनुसन्धान पछि यो चाउचाउ बजारमा ल्याएका हौँ । कोरियन र नेपाली स्वादको समीश्रण जस्तो छ । यो चाउचाउ सुख्खा बनाएर खाने नभई सुप बनाएर खाने चाउचाउ हो ।

सुप बनाउँदा एक प्याकेट चाउचाउमा ४ सय देखि ४ सय ५० मिलिलिटर पानी राखेर पकाउँदा उत्कृष्ट स्वाद आउँछ । यसको सुपको स्वाद कोरियन फ्लेभरमा त छदैछ साथै चाउचाउको रेसा पनि कोरियन रामेनको जस्तो हुन्छ ।’ पोखरामा सोमबार आजदेखि बजारमा आएपनि काठमाडौंलगाएत अन्य ठाउँमा भने एक हप्तापछि उपलब्ध हुने पाण्डे बताउँछन् । उनका अनुसार एक प्याकेटमा यो चाउचाउ १ सय ग्राम हुनेछ र यसको मुल्य ५० पर्ने पर्नेछ ।

अहिले बनेको चाउचाउ चिकेन फ्लेभरमा भएपनि छिट्टै भेजिटेबल फ्लेभरमा निकालिने पोखरा नुडल्सका अध्यक्ष श्रीराम पाण्डे बताउँछन् । साथै धेरै पिरो मन पराउनेका लागि पनि छिट्टै टु एक्स इस्पाईसी (द्दह् क्उष्अथ) बजारमा उपलब्ध हुने उनको भनाई छ । पोखरा नुडल्सका विभिन्न चाउचाउ अहिले पनि नेपाल तथा विदेशमा मन पराएको पाईन्छ । रम्बा, बोनस, जोजो जस्ता चाउचाउ पोखरा नुडल्सले उत्पादन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja