नेपालमा एक महिनासम्म रहनसक्छ सलहको प्रकोप



पोखरा

शनिबार प्रवेश गरेको सलह कीरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन् ।

वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ । 

वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले बताए । 

उनले भने, ‘‘वयस्क सलह अण्डा पार्न पाएन भने दुई हप्ता भन्दा बढी बाँच्न सक्दैन्  । उसलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने हुन्छ । बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्छ ।’’ सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनले बताए । 

८, १० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा २, ४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उनले बताए । 

अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै उनले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताए । 

शनिबार भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लाहरुमा समेत प्रवेश गरेको थियो । सहल किरालाई विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ छ । 

साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८, ९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाले विहान ५, ६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja