मौन रहनु भनेको नेतृत्वको गल्तिमा हिस्सेदार हुनु



प्रेेम शाहि ठकुरी ,नेेपाल विद्यार्थी संंघ केन्द्रीय सदस्य

के नेपाली कांग्रेसले सदनमा mcc पास गर्ने / रोक्ने हैसियत राख्छ ? हिजो नेपाली कांग्रेस को बिरोधका बाबजुत विभिन्न बिधयक सदनबाट पास भयका तथ्य हाम्र अघि छन ! आज जनताको सार्बधिक चासोको बिसय mcc मा हामिलाइ यति हातर किन हो ? जनमत एकतिर हामी अर्कै तिर त जाँदै छैनौ ? हामी काङ्ग्रेसी कार्यकर्ता हरुमा एउटा परम्परागत संस्कर छ हामी आफुलाइ भन्दा बढी बिस्वास हाम्रा नेता लाई गर्छौ ! बर्तमान अबस्थामा होइन, Mcc केही बिबादिद बुदा संशोधन गरेर मात्र mcc पास हुनु पर्छ भन्ने धारणा हामी भित्र हुदा हुँदै हामी मौन छौ एक किसिमले नेतृत्वको निर्णयमा बल पुर्याइरहेको छौ ! कम्तिमा हामिले हाम्रा नेता लाई प्रश्न त गरौ कि हाम्रा प्रश्न को चित्त बुझ्दो उत्तर दिनुहोस कि हाम्रा सल्लाह सुझाब लाई पनि मनन गर्नुहोस !
हिजो कुनै समय थियो नेताले भने पछि जानेरै,बुझेरै भनेको होला सोच्ने ,सुचनामा आजको जस्तो पहुच सबैको हुदैनथियो त्यसैले चुपचाप निर्देशन मन्नुको बिकल्प थियन आज हिजोका तिनै गल्तिको परिणाम हामिले भोगिरहेका छौ!महाकाली सन्धिका बारे कोहि कोङ्रेसिले बोल्न सक्छन ? सम्झौतामा हस्ताक्षर गर्नेहरु समेत निरउत्तर भयका छन ,नेतृत्वको तिनै गल्तिले आज चिया पसलमा सामान्य कार्यकर्ता बहसमा तल पर्नु पर्ने पीडा छ ! आज पनि हामी नबोल्ने हो भने भोलिको पुस्ताले हामिलाइ समेत प्रश्न गर्ने निश्चित छ ? भर्खरै मात्र भैरहेको अमेरिकी आन्दोलनको एउटा नारा समाजिक सन्जालमा भाइरल थियो “white silence is violence” अर्थात मौन रहनु पनि हिंसा लाई समर्थन गर्नु हो ! हामी आज मौन रहनु भनेको नेतृत्वको गल्तिमा हिस्सेदार हुनु हो!!

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja