कोरोना सङ्गै गरिब जनताको आँखामा आँसु ,मन्त्रीहरुलाइ जिमखाना अनि राष्ट्रपतिलाइ करोडको कार्पेट -कठै मेरो देश



उता शारीरिक अभ्यासका निम्ति भन्दै मन्त्रीहरुको लागि पनि जिमखाना बनाइदै छ रे। गरिब जनता रोगले अस्पतालका आकस्मिक कक्षका बेडहरुमा  प्राणको रकक्षाको निम्ति भगवान सङ्ग प्रार्थना गरि छट्पटाइरहेका छन् ,भोकले पेट सुकाइ प्राण आहुती दिइरहेका छन् ,शोकले रोइरहेका अनि बिलौना गरिरहेका छन् ।तर यस्तो अवस्थामा पनि हाम्रो सम्माननिय अनि माननीयहरुलाइ केको हर्ष होला?केको खुशी होला?अनि केको रहर होला?

गरिब जनता रोगले अस्पतालका आकस्मिक कक्षका बेडहरुमा प्राणको रकक्षाको निम्ति भगवान सङ्ग प्रार्थना गरि छट्पटाइरहेका छन् ,भोकले पेट सुकाइ प्राण आहुती दिइरहेका छन् ,शोकले रोइरहेका अनि बिलौना गरिरहेका छन् ।तर यस्तो अवस्थामा पनि हाम्रो सम्माननिय अनि माननीयहरुलाइ केको हर्ष होला?केको खुशी होला?अनि केको रहर होला?तत्कालै करोडको गलैँचा किन फेर्नुपर्ने होला?यी यावत प्रश्नहरु अहिले गुन्जिरहेका छन

अभिषेक पौडेल
पोखरा ….
चिनको वुहान शहर बाट देखा परि अहिले विश्व मानव समुदायलाइ नै आतङ्कित ,ससङ्कित अनि आक्रान्त बनाइरहेको कोभिड नाइन्टिन कोरोना नामक भाइरसले द्रुतगतिमा आफ्नो गन्तव्यलाई पछ्याउँदै मानव जगत अनि विज्ञान जगतलाइ नै चुनौती दिइरहेको छ।जसलाई रोकथाम र नियन्त्रण गर्ने भन्दै ध्ज्इ ले गरेको घोषणानुरुप विश्वका लगभग सबै देशमा लकडाउन अर्थात् बन्दाबन्दीलाई किस्ताबन्दीको ढाचामा बढाइरहेको अवस्था छ।उक्त भाइरसलाई नष्ट पार्न अनि निर्मुल गराउनको लागि खै अहिलेसम्म कुनै त्यस्तो न खोप नै पत्ता लागेको छ न त औषधि मुलो नै ।सम्पूर्ण मानव जगत अहिले कोहि ठुला ठुला अस्पतालका आकस्मिक कक्षमा पछारिरहेका छन् ,कोहि हजारौं माइलमा पैदल यात्रा गरि थकान र शारीरिक अशक्तताका कारण गन्तव्यस्थल सम्म पुग्न नपाई देह त्याग गरिरहेका छन् ,कोहि भोको पेटलाइ अलिकती उस्काउन अनि पेट भर्नका लागि चाउचाउ पानी ,बिस्कुट पानीमा सास राखिरहेका छन् ,कोहि सामान्य जीवन निर्वाह अथवा सरल भाषामा भन्नुपर्दा घर परिवार धान्न नसकेर आत्महत्या गरिरहेका छन् ,कोहि बिदेश बाट स्वदेशमा अनि स्वदेश बाट बिदेशमा रहेका आफ्ना आफन्तहरुसङ्ग दुस्खद लाग्दो बिलौना गरि रोइ कराइरहेका छन् ,स्थिति भयावह अनि समय मानव अस्तित्वलाइ नै समाप्त पार्ने गरि प्रकट भइरहेको छ।मानव तस्करीको रुपमा आइरहेको उक्त भाइरसका कारण अहिलेसम्म तीन लाख सतहत्तर हजार चार सय सैतिस जनाले ज्यान गुमाइसकेका छन् ,त्रीसठ्ठी लाख छैसठ्ठी हजार एक सय सन्तानब्बे जना सङ्क्रमित भइ कोहि अस्पतालका आकस्मिक कक्षमा छ्टपटाइरहेका छन् ,कोहि क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा आफ्नो प्राण रक्षाको निम्ति भगवान सङ्ग प्रार्थना गरि बसेका छन् ।अहिलेको यो विषम परिस्थितिमा विश्व मानव जगतलाइ ज्यान जोगाउन निकै सकस अनि मुस्किल भइरहेको अवस्था छ।सबैले आफ्नो नाक,मुख ,खुट्टा अनि टाउकोलाइ छोपी गुण्डाको अनि चोरको शैलीमा हिड्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ।पुरै विश्व मानव जगत नै नजरबन्द भइ भुमिगत रुपमा एकान्तवा भइ बस्नुपर्ने अकल्पनीय क्षण उक्त भाइरसले निम्त्याइरहेको छ।उक्त भाइरसले न विश्व रेकर्ड २गिनिजबुकमा२नाम लेखाएका अर्वौ पतिलाइ छोडेको छ,न महान उपाधी पाएका साहित्यकार न प्रकृतिलाइ नै उछिन्दै विशाल आविष्कार र खोज अनुसन्धान गर्ने बैज्ञानिक अनि खगोलशास्त्रीहरुलाइ छोडेको छ,न मानव शरीरको चिरफार गरि शरीर चेकजाँच गरि निको बनाउने अथवा दोश्रो भगवानको रुपमा कथित स्वास्थ्यकर्मी हरुलाइ नै छोडेको छ।यस्तो विश्व महामारी आउला र यत्रो अघोर वितण्डा मच्चाउला भनी न त कसैले सोचेका नै थिए।प्रकृतीलाई,बिज्ञान जगत अनि मानव जगतलाइ उक्त भाइरसले आफू सक्रिय भइ आक्रमण गरि निष्क्रिय बनाइरहेको छ।न प्रकृति हास्न पाएको छ,न विश्व मानव समुदाय बाहिर निक्ली हिड्न नै पाएको छ,विज्ञान पनि पराजित भई आत्मसमर्पण गर्नु बाहेक अरु कुनै विकल्प नै छैन।
उक्त भाइरसका कारण हाम्रो देश नेपाल पनि कुनै हालतमा अछुतो रहन सकेन ।दिनानुदिन सङ्क्रमित अनि मृत्यु हुनेको सङ्ख्या पनि अनपेक्षित दरमा ह्वात्तै बढिरहेको छ।अहिलेको स्थितिसम्म आइपुग्दा सङ्क्रमित को सङ्ख्या एक हजार आठ सय एघार ,मृतकको सङ्ख्या आठ अनि उपचारार्थ निको भइ घर फर्किनेको सङ्ख्या दुई सय एक्काईस रहेको छ।देश यस्तो विश्वमहामारीको चपेटामा परिरहेको बेला अनि विलाप गरि रोइरहेको बेला सामाजिक संजालमा आएको खबर अनुसार हाम्रो राष्ट्राध्यक्ष ,राष्ट्रप्रमुख ,अथवा सिधा अर्थमा भन्नुपर्दा महामहिम सम्माननीय रास्ट्रपति ज्युको निम्ति राष्ट्रपति भवनमा एक करोडको गलैंचा फेरिदैछ रे भन्ने खबरले मलाइ अनि यो सिङ्गो रास्ट्रलाइ नै स्तब्ध बनाएको छ।उता शारीरिक अभ्यासका निम्ति भन्दै मन्त्रीहरुको लागि पनि जिमखाना बनाइदै छ रे। गरिब जनता रोगले अस्पतालका आकस्मिक कक्षका बेडहरुमा प्राणको रकक्षाको निम्ति भगवान सङ्ग प्रार्थना गरि छट्पटाइरहेका छन् ,भोकले पेट सुकाइ प्राण आहुती दिइरहेका छन् ,शोकले रोइरहेका अनि बिलौना गरिरहेका छन् ।तर यस्तो अवस्थामा पनि हाम्रो सम्माननिय अनि माननीयहरुलाइ केको हर्ष होला?केको खुशी होला?अनि केको रहर होला?तत्कालै करोडको गलैँचा किन फेर्नुपर्ने होला?यी यावत प्रश्नहरु अहिले गुन्जिरहेका छन ।जनताहरु गुन्द्रीसम्म नपाएर सडकका पेटिहरुमा बेवारिसे भइ सुतिरहेका छन् ।तर महामहिम सम्माननीय रास्ट्रपति ज्युलाइ यो के को खुशियाली छाएको होला?तपाई राष्ट्रप्रमुख अथवा यो देशको निम्ति जिम्मेवारपुर्ण अभिभावक परिवारमा के आवश्यकता छ? ,के गर्दा परिवार खुशी हुन्छन्? ,के गर्दा परिवारमा खर्च जोगाउन सकिन्छ ?जस्ता कुराहरू जान्नुपर्ने होइन र?अलिकती गम्भीर भएर सोच्नुहोस त ।जनताको लागि तपाईंको सेवा यहि हो?

खोइ हजुरको मानवता?खोइ जनताप्रतिको दायित्वबोध?राष्ट्रप्रमुख भइ देशको सम्पुर्ण जिम्मेवारी लिनुभएको तपाइँले के गर्दा जनता खुशी हुन्छन् ?के गर्दा आफ्नो कर्तव्य निभाउन सकिन्छ?र कस्तो बाटोमा देशलाइ हिडाल्नुपर्छ भन्ने कुरा जान्नु नै पर्ने हो।तपाइँबाट देश र जनताले चाहेको यहि हो?गरिब जनता रोग ,भोक र शोकमा डुबिरहेको बेला यो केको मोजमस्ती भइरहेको छ।देशको ढुकुटी मन्त्रीहरुलाइ चिल्ला चिल्ला कार खरिद गर्न ,राष्ट्रपतिलाइ हेलिकप्टर अनि कार्पेट खरिद गर्नको लागि हो भने गरिव जनताको लागि सुखी नेपाली ,समृद्ध नेपाल भन्ने नारा हटाइयोस।जनताले तिरेको करमा रजाइँ गर्ने प्रवृति सावित भइसकेको छ।जनताको थोपा थोपा पसिना र रगतमा नुहाउन माननीय ,सम्माननीयको सम्बोधन अनि यस्तै यस्तै शैली देखाउनुहोस भनी तपाईहरुलाइ त्यो स्थान दिएको हैन।
अनावश्यक रुपमा घरबाहिर नहिडौ,साबुनपानीले मिचिमिची बीस सेकेन्ड सम्म हात धोऔ।
मास्क ,ग्लब्स र स्यानिटाइजरको उचित प्रयोग गरौ।
धैर्य गरौं ,नआत्तिऔ।आफू पनि बचौ र अरुलाइ पनि बचाऔ।

लेखक- २ जनप्रिय बहुमुखी क्याम्पस पोखरा बि ए दोश्रो वर्षमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थी हुन।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2021 Pokharaaaja