रुकुम पश्चिम र देवदह अन्तरजातीय विषयलाई लिएर , कास्की जिल्ला प्रशासन अगाडी धर्ना



रुकुम पश्चिम र देवदहमा अन्तरजातीय विवाहको विषयलाई लिएर दलित युवा र दलित युवती सहित ६ जनाको ज्यान गएको घटनाप्रति समाजवादि दलित मुक्ती महासंघ गण्डकी प्रदेश समिति तथा कास्की जिल्ला समिति ले कास्की जिल्ला प्रशासन अगाडी धर्ना दिएको छ । रुकुम पश्चिममा र देवदहमा भएको घटना नसंहार जस्तै भएको भनी समाजवादी पाटिको भातृ संगठन समाजवादि दलित मुक्ती महासंघको नेतृत्वमा धर्ना गरिएको हो । राज्यले वास्तविक दोषिको अनुसन्धान गरी कारवाही गर्न ढिलाई गरको भनी आज १८ गते बाट २४ गते सम्म दिनको १ घण्टा शान्ति पुर्ण धर्ना बस्ने कार्यक्रम रहेको संविधान सभा सदस्य तथा समाजवादि पाटि केन्द्रिय सदस्य डिबी नेपालीले जानकारी दिनुभयो ।

घटना घटेको ठाउँमा त्रासको अवस्था रहेकोले राज्यले सम्मान पुर्वक बाँच्न पाउने संवैधानीक अधिकारको सुनिश्चत गरोस, र घटनाको सहि र छिटो छानविन गरि दोषिउपर कारवाहि होस् , पीडतले न्याय पावस, घटना घटेको ठांउमा शान्ति , सुरक्षा कायम गरियोस भन्दै,समाजवादि नेता तथा धर्ना कार्यक्रमका इन्चार्ज डिबी नेपालीले संघीय लोकतान्त्रीक देश संविधानमा भए पनि विधान कार्यान्वयन गर्न सरकार संवेदनशील नभएको प्रति आक्रोस पोखे ।
रुकुम पश्चिम र रुपन्देहीको देवदह घटनाप्रति संयुक्त राष्ट्र संघअन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)ले चासो व्यक्त गरेको छ । ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले शुक्रबार जेनेभाबाट विज्ञप्ति जारी गर्दै दुवै घटनामा शोक व्यक्त गर्दै स्वतन्त्र अनुसन्धान गर्नुपर्ने बताएकी छन् ।
त्यसैगरि रुकुम पश्चिम र रुपन्देहीको देवदहमा शंकास्पद रुपमा ज्यान गुमाएकी १२ वर्षीया दलित किशोरी घटनाप्रति काठमाडौ र देशका विभीन्न स्थानमा प्रर्दशन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja