संसद् बैठक आज, संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने तयारी



पोखरा

सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने तयारी भएको छ ।

संसदको आइतबारको सम्भावित पहिलो कार्यसूचिमा नै संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने उल्लेख रहेकाले आज संसद बैठकमा संविधान संसोधन विधेयकमा छलफल हुने सम्भावना रहेको हो ।

यसअघि गत बुधबार नै संविधान संशोधन प्रस्ताव प्रस्तुत हुने भनिए पनि संशोधनमा कांग्रेसले पार्टीबाट आधिकारिक निर्णय नगरेको भन्दै अन्तिम समयमा आएर कार्यसूचिबाट हटाइएको थियो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार अबेर राति संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संशोधन प्रस्ताव प्रस्तुत भएपछि शुक्रबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि छलफल सुरु हुनेछ ।

सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja