कोरोनाभाइरसः मृत्युदरमा ब्राजिलले फ्रान्सलाई उछिन्यो



पोखरा

ब्राजिलमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २८ हजार ८ सय ३४ पुगेको छ । यो आँकडा अनुसार ब्राजिल अब कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित देशको चौथो सूचीमा आइपुगेको छ । यसमा ब्राजिलले फ्रान्सले उछिनेको छ । फ्रान्समा हालसम्म कोभिड–१९ का कारण २८ हजार ७ सय ७७ को मृत्यु भएको छ ।

शनिबार ब्राजिलमा कोरोनाभाइरसका ३३ हजार २ सय ७४ नयाा संक्रमित भेटिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ हालसम्म पाँच लाख संक्रमित भेटिइसकेका छन् ।

संक्रमितको यो आँकडा त्यतिबेला सार्वजनिक भएको हो जब देशको सबैभन्दा ठूलो र धनी शहर साओ पाउलोका गभर्नरले सोमबारदेखि शहरको अर्थव्यवस्था पुनः सुचारु गर्ने निर्णय लिएका छन् ।

बीबीसीकी दक्षिण अमेरका संवाददाता केटी वाटसनका अनुसार कोभिड–१९ को बढ्दो संक्रमितका कारण देशभरीका अस्पतालमा भारी दबाब छ र केही राज्यमा त स्वास्थ्य व्यवस्था विचलित भएको छ । यद्यपि, जानकारका अनुसार देशमा कोरोनाको चरम स्थिती अहिल्यै नै आइसकेको छैन 

Ratipati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja