कर बढेसँगै महंगियो सुनको भाउ, प्रतितोला २ हजार ३ सय बढ्यो



पोखरा

आर्थिक वर्ष २०७७/७८ को बजेट घोषणा सँगै कर बढेपछि सुनको भाउ पनि बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ३३२ रुपैयाँ बढेको छ ।

सरकारले बजेज भाषण भार्फत कर वृद्धि गरेपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब २ हजार ३३२ रुपैयाँ थपिने भएको हो ।

यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयाँले लाग्दै आएको भन्सार महशुल बजेटपछि सरकारले दुई हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्‍याइएको छ ।

यस्तै चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja